नियम ११९
नक्कलको लागि निवेदनपत्र दिने
अदालतमा भएको मिसिलमा संलग्न कुनै लिखतको नक्कल लिन चाहने व्यक्तिले आफूले नक्कल लिन चाहेको लिखतका विवरण र मिति प्रस्ट उल्लेख गरी अनुसूची-९ बमोजिमको ढाँचामा निवेदनपत्र दिनुपर्छ। छुट्टाछुट्टै मिसिलमा रहेको लिखतको नक्कलको लागि छुट्टाछुट्टै निवेदनपत्र दिनु पर्छ।